गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८०, सोमबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा आज सामूहिक गाईपूजा गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित गौ संरक्षण केन्द्रमा तिहारको तेस्रो दिन सामूहिक गाई पूजा गरिएको हो । त्यसक्रममा केन्द्रमा रहेका एक सयभन्दा बढी गाईको पूजा गरिएको च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए।

    गौ संरक्षण केन्द्रले छाडा रुपमा छाडिएका गाईहरुको संरक्षण गर्दै आएको छ । सडक छेउछाउ छाडा रुपमा छाडिएका गाई संरक्षण गर्ने उद्देश्यसहित गौ संरक्षण स्थापना गरिएको थियो ।

    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईको दूध आमाको दूध जस्तै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।