किन रोकियो चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    किन रोकियो चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन ?

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८०, बुधबार

    काठमाडौं शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् ।

    निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका छन् । “हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ ।

    यसबारे निर्देशक बस्नेतले फेसबुक लाइभमार्फत पनि जानकारी गराएका छन् । “उत्साहका साथ मानिसहरू आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौँ, तबसम्म फिल्म चलाउँदैनौँ । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौँ,” उनले भनेका छन् ।