७१ सहसचिवकाे सरुवामा तनहुँका प्रजिअ रिजाल पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ७१ सहसचिवकाे सरुवामा तनहुँका प्रजिअ रिजाल पनि

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०८०, आईतवार

    काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो ।

    सरकारले करिब एकैपटक संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ ।

    विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । वीरगञ्ज महानगरपालिकामा मातृका भट्टराई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।

    एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सरकारलाई सकस परेको थियो ।

    यसपटक संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।

    सरकारले गरेकाे सरुवामा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि छन् । उनकाे उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सरुवा भएकाे छ । उनी नाै महिना तनहुँ बसे ।

    तनहुँमा काे आउने भन्ने टुंगाे लागेकाे छैन ।

    सरुवा सूची

    सहसचिव-सरूवा