बुद्धसिंह मार्गको घुमाउनेको पुल निर्माण ढिलाइमा सांसद श्रेष्ठको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बुद्धसिंह मार्गको घुमाउनेको पुल निर्माण ढिलाइमा सांसद श्रेष्ठको चासो

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८०, बिहीबार

    दमाैली । बुद्धसिंह मार्ग अन्तर्गत तनहुँ र चितवन जोड्ने घुमाउनेमा पक्की पुल निर्माणमा भइरहेको ढिलाई बारे पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले चासो व्यक्त गरेका छन् । ।

    सांसद श्रेष्ठले आज पुल निर्माणको ठेक्का पाएको मृत सञ्जिवनी कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीसँग हालसम्मको कामको बारेमा जानकारी लिँदै काममा ढिलाइ भएका बारे चासो व्यक्त गरेका हुन् । त्यसक्रममा सांसद श्रेष्ठले यो पुल दुई प्रदेश जोड्ने रणनीतिक महत्वको पुल भएकाले जतिसक्दो चाँडो काम सम्पन्न गर्न ध्यानाकर्षण गराए।

    पुल निर्माण ढिलाईले तनहुँका जनताले दुःख पाएको बताउँदै सांसद श्रेष्ठले भने, “म अहिले बाराबाट सांसद भएपनि यसअगाडी तनहुँको जनप्रतिनिधि हो, बारा गएपनि तनहुँको विकास निर्माणमा मेरो सधैं प्रयास हुन्छ । तनहुँको विकासलाई मैले अलपत्र छाड्न मिल्दैन । पुल जसरी पनि चाँडै सम्पन्न गर्नुप¥यो ।”

    सांसद श्रेष्ठले पुल निर्माणका क्रममा केही समस्या भएपनि आफूलाई जानकारी गराउन आग्रह गर्दै समस्या समाधानका लागि पहल गरिने बताए। उनले भने, “भौतिक पूर्वाधार मन्त्रीलाई भन्नपरे म भन्छु, काममा समस्या, प्राविधिक समस्या, प्रशासनिक समस्या भए भन्नुस् । सबै समस्या समाधान हुन्छ ।”

    त्यसक्रममा निर्माण व्यवसायी कार्कीले केही दिनदेखि पुल निर्माणको काम भइरहेको बताए । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशुली नदीमाथिको घुमाउनेमा पुल निर्माण नौ वर्षदेखि अलपत्र छ ।