ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकेामा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकेामा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८०, मंगलवार

    काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । 

    अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । 

    सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् ।

    ‘आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको ‍सम्मानपत्रमा उल्लेख छ । 

    नगरपालिकाले गरेको यस सम्मानले  थप उर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।