ऋषिङमा राष्ट्रपति रनिङशिल्ड सुरु, प्रदेश सांसद श्रेष्ठद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा राष्ट्रपति रनिङशिल्ड सुरु, प्रदेश सांसद श्रेष्ठद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८०, बिहीबार

    दमौली । गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले ऋषिङमा बिहीबारदेखि सुरु भएको राष्ट्रपति रनिङशिल्डको उदघाटन गरेका छन् । ऋषिङ गाउँपालिकाको आयोजनामा ऋषिङ-१ स्थित शुक्ला माविमा सुरु भएको प्रतियोगिताको श्रेष्ठले उदघाटन गरेका हुन् ।

    त्यसक्रममा सांसद श्रेष्ठले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खेलकुदमा सहभागिता गराउनुपर्ने भन्दै खेलकुदका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।

    कार्यक्रममा उपाध्यक्ष गिनुमाया थापा, नेपाल तरुण दलका केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट लगायत सहभागी थिए ।