दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका- ६ को वडा कार्यालय भवन उदघाटन गरिएको छ । नवनिर्मित उक्त भवनको बुधबार गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले उदघाटन गरे।
सो अवसरमा उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताको भावना अनुसार काम गर्नुपर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्वास्थ्य, कृषि, शिक्षा, रोजगारलाई प्राथमिकतामा राखेर योजना बनाइएको बताए ।
रु एक करोड ११ लाख अनुमान गरिएको भवन रु ६३ लाख २० हजार ६ सय ७९ मा सम्पन्न भएको हो । भवन निर्माणको ठेक्का श्री मनकामना गुरुङ निर्माण सेवाले पाएको थियो ।
नयॉ भवन बनेपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए ।