काठमाडाै । बारा-४का प्रतिनिधिभा सदस्य कृष्णकुमार श्रेष्ठले बाराकाे सिम्राैनगढ नगरपालिकामा भएकाे घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
उक्त घटनामा प्रहरीले चलाएकाे गाेली लागेर मृत्यु भएका सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया विनप्रति सांसद श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले घटनामा घाइते भएकाहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कारण जेजस्तो भएपनि उचित छानविन गरि दोषीमाथि कारवाहीको माग गरेका छन्। साथै, मृतक विनका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचारको समेत व्यवस्था गर्न सम्बन्धित निकायको श्रेष्ठले ध्यानाकर्षण गराएका छन् ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।