जगदीश्वर आधारभूत विद्यालयलाई एक लाख बढी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जगदीश्वर आधारभूत विद्यालयलाई एक लाख बढी सहयोग

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८०, सोमबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित जगदीश्वर आधारभूत विद्यालयलाई सोही ठाउँ घर भई हाल नारायणगढ बस्ने इश्वरी श्रेष्ठले आर्थिक सहयोग गरेकी छन् ।

    श्रेष्ठले आफ्ना बाल बच्च्चाहरुले अक्षर सिकेको उक्त विद्यालयलाई रु एक लाख पँच हजार सहयोग गरेकी हुन् । उक्त रकम सोमबार उनले विद्यालयका अध्यक्ष होमबहादुर थापालाई हस्तान्तरण गरिन् ।

    विद्यालयका प्रधानाध्यापक रामविलाश पोखरेलले विद्यालयको भवन निर्माणका क्रममा अभिभावक तथा पूर्व विद्यार्थीहरु सबैसङ्ग सहयोगको अनुरोध गर्दै जाँदा जन्मभुमि र कर्मभुमि सम्झेर श्रेष्ठले सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।

    उक्त कार्यक्रममा श्रेष्ठका सुपुत्र उमेश श्रेष्ठ तथा छोरीहरु रजनी र गोमा तथा ज्वाइहरु केशव र रजिनलालको उपस्थिति थियो । दाताको तर्फबाट बोल्दै रजिनलाल श्रेष्ठले आफ्ना बालबच्चाले कखरा सिकेको विद्यालयलाई सहयोग गर्न पाउँदा आमालाई आत्मसन्तुष्टिको अनुभुति भएको तथा यो नै पहिलो भएपनि अन्तिम भने नभएको बताए ।