वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ विमाेचन हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ विमाेचन हुँदै

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८०, शुक्रबार

    दमाैली । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ विश्वबन्धु भण्डारीको ‘फर्केर हेर्दा’ पुस्तक प्रकाशित भएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी प्रेस स्वतन्त्रता सेनानी भण्डारीले आफूले जीवनमा भोगेका कुराहरुलाई पुस्तक मार्फत् जानकारी दिने उद्धेश्यले उक्त पुस्तक प्रकाशित गरेका हुन् ।

    उक्त पुस्तकको सोमबार गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विमोचन गर्ने कार्यक्रम रहेको छ ।

    राजनीतिक, पत्रकारिता र जीवनमा गरेका तथा भोगेका कामहरुका बारेमा पुस्तक मार्फत् सार्वजनिक गर्न लागेको भण्डारीले जानकारी दिए।

    स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी) मा विसं २००५ माघ २६ गते जन्मिएका भण्डारीले यसअगाडी सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसकेका छन् । भञ्ज्याङ दैनिकको सम्पादक रहिसकेका उनी लामो समय पत्रकारितामा क्रियाशील थिए ।