वाइसिएल म्याग्देको भलिबल प्रतियोगितामा खैरेनीटार प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वाइसिएल म्याग्देको भलिबल प्रतियोगितामा खैरेनीटार प्रथम

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८०, मंगलवार

    दमौली । वाइसिएल म्याग्दे गाउँ कमिटीले आयोजना गरेको प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि खैरेनीटारले जितेको छ ।

    म्याग्दे-७ तिलीयाटरमा सम्पन्न फाइनल खेलमा म्याग्दे-५ घडेरीलाई हराउँदै खैरेनीले उपाधि जितेको हो।

    उपाधिसँगै खैरेनीटारले नगद रु ५१ हजार १ सय ११ र उपविजेता घडेरीले ३१ हजार १ सय ११ प्राप्त गरेको छ ।

    विजेताहरुलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले पुरस्कार वितरण गरेका छन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    कार्यक्रममा ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक लगायतले मन्तव्य राखेका थिए ।

    पुस ७ देखि ९ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।