उद्योग वाणिज्य संघ दुईपिप्ले–सोतीपसल इकाईको अध्यक्षमा शर्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    उद्योग वाणिज्य संघ दुईपिप्ले–सोतीपसल इकाईको अध्यक्षमा शर्मा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    लमजुङ । लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गतको दुईपिप्ले÷सोतीपसल इकाईको अध्यक्षमा रमेशचन्द्र शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अठारौं साधारण सभा तथा निर्वाचन प्रक्रियाबाट शर्मा इकाईको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    अधिवेशनबाट उपाध्यक्षमा सिद्धबहादुर नेपाली, सचिवमा रमेश भट्टराई र कोषाध्यक्षमा सोभा राना निर्वाचित भएका छन् भने सदस्यहरुमा शेरबहादुर गुरुङ, कविराम श्रेष्ठ, दलबहादुर बादी, चन्द्रबहादुर श्रेष्ठ र शारदा उपरकोटी चयन भएका छन् ।