ईपीएस पीडितहरूले ग्वार्कोमा जलाए भौतिकमन्त्री ज्वाला सवार गाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ईपीएस पीडितहरूले ग्वार्कोमा जलाए भौतिकमन्त्री ज्वाला सवार गाडी

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८०, शुक्रबार

    काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा एउटा गाडी जलाएका छन्। 

    ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा उनीहरू आन्दोलित भएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हुन्। 

    ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन्।