मुटु जॉच अब ऑबुखैरेनी अस्पतालमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मुटु जॉच अब ऑबुखैरेनी अस्पतालमा

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०८०, मंगलवार

    दमौली । तनहुँको ऑबुखैरेनी अस्पतालमा मुुटु जॉच हुने भएको छ । गाउँपालिकाले पुस २१ गते अस्पतालमा मुटु जॉच सम्बन्धी शिविर गर्न लागेको हो ।

    मुटुका बिरामलाई जॉचका लागि भरतपुर वा अन्यत्र जानुपर्ने बाध्यता रहेकाले सहजताका लागि ऑबुखैरेनीमा सेवा दिन लागिएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिए ।

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको सहयोगमा मुटु जॉच शिविर गर्न लागिएको हो ।

    गाउँपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी बेला-बेलामा निशुल्क शिविर गर्दै आएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।