जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बुधबार

    काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

    जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् ।