साढे २ लाख बढी अर्डर डेलिभरी गर्दै ‘पठाओ सुपरफेस्ट-२०२३’ सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साढे २ लाख बढी अर्डर डेलिभरी गर्दै ‘पठाओ सुपरफेस्ट-२०२३’ सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बिहीबार


    काठमाडौँ । पठाओ नेपालको ‘पठाओ सुपरफेस्ट-२०२३’ सम्पन्न भएको छ । २१ दिनको सुपरफेस्ट अवधिमा करिब साढे २ लाखभन्दा बढी अर्डर डेलिभरी गरिएको पठाओका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

    सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ पुगेको थापाले बताए  । 

    ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारा सहित पुस ५ देखि सुपरफेस्ट सुरू गरिएको थियो ।    

    सुपरफेस्टमा सम्राट प्रसाद शाह  भाग्यशाली विजेता बनेका छन् ।

    सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली बिजेता बनेका शाहलाई बम्पर उपहारमा ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।

    पठाओले सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ । 

    एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो । 

    सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो ।   
    कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिइएको दिइएको थियो । 

    यस फेस्टमा १ प्लेटमा २० वटा म:म:,  फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा म:म: फ्री, एक रुपैयाँमै पिज्जा/ बर्गर/ म:म:/ बिर्यानी लगायत सोच्नै नसकिने अफरहरू राखिएको थियो । 

    थापाका अनुसार,  अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो ।

    साथै ग्राहकहरूलाई हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो । 

    कम्पनीका अनुसार, सुपरफेस्टमा वेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जितेका छन् ।

    सुपरफेस्टमा ५० जनाभन्दा बढीले ६ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेट लगायत जितेका छन् । यस्तै १० जना पठाओ हिरोलाई स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए । 

    सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड देखिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न फेस्टहरू सम्पन्न गरेको थियो । ती फेस्टहरू भन्दा सुपरफेस्टमा ग्राहकहरूको बढी आकर्षण देखिएको थापाले बताए । 

    अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट-२०२३’ सुपरफेस्ट आयोजना गरेको थियो ।