मुग्लिन–नारायणगढ सडक चार घण्टा बन्द गरेर पहरो फुटाउन थपियो २१ दिनको समय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन–नारायणगढ सडक चार घण्टा बन्द गरेर पहरो फुटाउन थपियो २१ दिनको समय

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८०, शुक्रबार

    चितवन । मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द गरेर पहरो फुटाउन २१ दिन समय थप भएको छ।

    यो सडकखण्डको तुइन खोलामा नयाँ पुल निर्माणका लागि पहरो फुटाउन निर्माण व्यवसायीले थप एक महिना समय माग गरेको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक महिनाको समय माग गरेपनि अहिलेका लागि २१ दिनमात्रै थप गरिएको जानकारी दिए।

    यसअघि पहरो फुटाउन दिइएको २१ दिनको समय शनिबार सकिँदैछ।

    तुइन खोलामा पुल तथा पहुँचमार्ग निर्माणका लागि पुस ७ गतेदेखि दिउँसो १२ बजेबाट ४ घण्टा सडक नै बन्द गरेर काम गरिँदै आएको छ। नारायणगढ–मुग्लिन सडक परियोजनाका प्रमुख इन्जिनियर केशवप्रसाद नेपालले पहिलो चरणमा पहरो काटेर करिब १५ मिटर घटाउन सफल भएको बताए।