दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीलाई बासुदेव स्मृति अक्षयकोषबाट पुरस्कृत गरिएको छ । स्व. बासुदेव हिराचनको सम्झनामा विद्यालयमा स्थापित अक्षयकोषबाट उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको हो ।
म्याग्दे गाउँपालिका–५ साउनेपानी निवासी कक्षा १० मा अध्ययनरत अनिषा थापाले कक्षा १० को परीक्षामा ३.२० जिपिए प्राप्त गरी प्रथम भएकामा उनलाई रु छ हजार प्रदान गरिएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका सिमलटुँडा निवासी कक्षा ८ मा अध्ययनरत शिरिष आलेले कक्षा ८ को परीक्षामा ३.५३ जिपिए प्राप्त गरी प्रथम भएकामा निजलाई रु चार हजार सहित पुरस्कृत गरिएको अक्षयकोषका संरक्षक सुजित हिराचनले जानकारी दिए ।
विद्यालयको मंगलबार आयोजित ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हिराचनले बताए ।