बन्दीपुरमा बजार अनुगमन : अखाद्य वस्तु जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा बजार अनुगमन : अखाद्य वस्तु जफत

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०८०, बिहीबार

    दमाैली । बन्दीपुर गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायत अनुगमन गरेको छ। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको विषयमा अनुगमन गरिएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक पञ्चमाया गुरुङको नेतृत्वमा गाउँपालिका वडा नम्बर १ स्थित डुम्रेबजारमा अनुगमन गरिएकाे हाे ।

    व्यवसायीले अखाद्य बस्तुहरु बिक्रि गरेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नविकरण नगरेको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका गुरुङले बताइन् ।

    अनुगमनका क्रममा मिठाइ, मसला, जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको छ ।

    चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि बजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको उनकाे भनाइ छ । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ ।

    सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १ मा रहेका विभिन्न २७ वटा मिठाइ पसल किराना पसल लगायतमा अनुगमनका गरिएको थियो । यस अघि पनि डुम्रेबजारका केही पसलहरुलाइ जरिवाना गरिएको थियो ।