दमौली । नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोख्रेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी तथा रामचन्द्र, कृष्णचन्द्र, डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनस्र्थापनाका लागि योगदान रहेको थियो ।
उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । स्व. गोबद्र्धन शर्मा पोख्रेलको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो ।
उनी गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।