काठमाडौ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा पोख्रेलको निधनमा पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले दुख व्यक्त गरेका छन् ।
व्यास-१० पोख्रेलफॉट निवासी उनको काठमाडौ सामाखुसीस्थित निवासमा मंगलबार निधन भएको थियो ।
संबिधान सभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोख्रेल नेपाली, योजना आयोगका पुर्व उपाध्यक्ष डा जगदीश चन्द्र पोख्रेल, सुवासचन्द्र पोख्रेलका ममतामयी माता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वा .गोवर्धन पोख्रेल शर्माकी श्रीमती पोख्रेलको निधनले आफू मर्माहत भएको श्रेष्ठले उल्लेख गरेका छन् ।