यातायात कार्यालय तनहुँबाट अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यातायात कार्यालय तनहुँबाट अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८०, बुधबार

    दमौली । यातायात व्यवस्था कार्यालय तनहँुमा मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिने क्रममा एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर गाउँपालिका– विमलनगरस्थित कार्यालयमा मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने क्रममा बुधबार एक जना परीक्षार्थी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भानु नगरपालिका–४ बस्ने ३० वर्षीय पूर्ण थापा मगर रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निज सोही वडाका ३५ वर्षीय सुरेश थापा मगरको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए । प्रहरीले पक्राउ परेका थापा विरुद्ध किर्ते सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।