दमाैली । व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित जनजागृती गङ्गा माध्यमिक विद्यालयलाई सोही वडा निवासी हरिदत्त पन्थ र इश्वरी पन्थले आर्थिक सहयोग गरेका छन् ।
विद्यालयको बिहीबार आयोजित ५२ औं वार्षिकोत्सवको अवसरमा उनीहरुले विद्यालयका लागि एक लाख एक सय ११ नगद प्रदान गरेका हुन् । विद्यालयको आर्थिक एवं प्राज्ञिक उन्नयनका लागि उक्त रकम प्रदान गरिएको पन्थले जानकारी दिए ।
उक्त रकम अक्षयकोष स्थापनाका लागि सहयोग गरिएको र उक्त रकमबाट विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
विद्यालयले उनीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । वडाध्यक्ष बसन्त आले, विद्यालयका अध्यक्ष रेशमबहादुर विक र प्रधानाध्यापक मिनु सेन्चुरीले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका छन् ।