काठमाडौ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित रहेका थिए ।
उपचारको क्रममा आज विहान ललितपुरको मेडीसिटी अस्पतालमा उनको निधन भएको दाजु श्रीकान्त पण्डितले बताए । उपचारको क्रममा विहान ३ बजे उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आज विहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उनका दाजु पण्डितले बताए ।
भानु नगरपालिका १२ तनहुँमा २०३३ वैशाखमा बुवा बद्रीप्रसाद पण्डित र आमा मनोहरीदेवी पण्डितका कान्छो छोरा हुन् । पण्डितको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । साथै उनका तीन दिदी र तीन दाजु पनि छन् ।