सुपर-६ खेल्नुअघि नै नेपाल सेमिफाइनल नपुग्ने निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुपर-६ खेल्नुअघि नै नेपाल सेमिफाइनल नपुग्ने निश्चित

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०८०, बुधबार

    काठमाडौ । आइसिसी यू-१९ विश्वकपमा आज नेपालले सुपर-६ को आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ। 

    सुपर-६ को समूह-१ नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड छन्। 

    सबैले टिमले दुई दुई खेल खेल्ने र शीर्ष दुईमा रहेन टिम सेमिफाइनल पुग्ने प्रावधान छ।

    जसअनुसार भारत र पाकिस्तानले मंगलबार सुपर-६ को पहिलो खेलमा जित निकाले। भारतले न्युजिल्यान्ड र पाकिस्तानले आयरल्यान्डलाई हराएका थिए। भारत र पाकिस्तानको जितसँगै नेपाल भने सुपर-६ को खेल सुरु हुनुअघि सेमिफाइनल नपुग्ने निश्चित भएको छ। 

    अब नेपालले आज बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ। दुवै खेलमा जित निकाले पनि नेपाल अन्तिम चारमा पुग्नेछैन। किनकी भारत र पाकिस्तान दुवैले ६-६ अंक जोडिसकेका छन्। दुई खेल खेल्ने नेपाल भने अंकबिहीन छ।