छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याउने चौधरी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याउने चौधरी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८०, बिहीबार

    काठमाडौं । व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।

    छाला उद्योगको१० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआइबी स्रोतले जनायो ।

    चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

    २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

    गृहमन्त्रीको सुशासनको अभियान अन्तर्गत राज्यको सम्पत्ति जोगाउन यो कदम चालिएको स्रोतले जनायो ।