आहा रारा गोल्डकपको फाइनलमा आर्मी र थ्रीस्टार भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आहा रारा गोल्डकपको फाइनलमा आर्मी र थ्रीस्टार भिड्ने

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८०, बिहीबार

    पोखरा । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ। 

    बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई एक्स्ट्रा समयमा पुगेको खेलमा २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। 

    आर्मीले दिनेश हेन्जनले ६१ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो।

    खेल सकिन पाँच मिनेट बाँकी छदा चर्च ब्वाइजले बराबरी गोल गर्न सफल भयो। उसका लागि समिर तामाङले ८५ मिनेटमा गोल गरे। 

    त्यसपछि एक्स्ट्रा समयमा पुगेको खेलमा आर्मीका रशबहादुर मगरले ९९ मिनेटमा गोल गरे।

    अब उपाधिका लागि आर्मीले थ्रीस्टारसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। थ्रीस्टारले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई हराएको थियो।