युनेस्कोको प्राकृतिक विज्ञान शाखाद्वारा सदस्यता आव्हान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युनेस्कोको प्राकृतिक विज्ञान शाखाद्वारा सदस्यता आव्हान

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८०, मंगलवार

    काठमाडौ । युनेस्को क्लब, तथा संघ संस्थाहरु को राष्ट्रिय महासंघ नेपालको प्रकृतिक विज्ञान शाखाले सदस्यताका लागि आवेदन माग गरेको छ । नेपालका उत्साही युवाहरूका लागि प्राकृतिक विज्ञान डिभिजनको हिस्सा बन्ने यो उत्कृष्ट अवसरका लागि सदस्यता आव्हान गरिएको हो ।

    राष्ट्रिय महासंघले वास्तवमा युनेस्कोका विषयगत क्षेत्रहरूलाई विभाजन गरी कार्यका महत्वपूर्ण क्षेत्रमा योगदान पुर्‍याउन टोली बनाएको यो पहिलो घटना हो । राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी भन्छन्, “नेपालमा सन् १९७२ देखि काम गर्दै आएका युनेस्को क्लबहरूको गतिविधिलाई बढावा दिन आवश्यक पर्ने यो पक्कै पनि महत्वपूर्ण कदम हुनेछ।“

    प्राकृतिक विज्ञान शाखा प्रमुख निश्चल बानियाँले नेपाल राष्ट्रिय संघको प्राकृतिक विज्ञान विभाग तीन इकाईमा विभाजित गरिएको जानकारी दिए।
    उनका अनुसार अनुसन्धान र विकास इकाईमा अनुसन्धान परियोजनाहरू, नवाचारी समाधानहरूको अन्वेषण गरिने छ र वैज्ञानिक अग्रसरतामा योगदान गरिने छ।

    परियोजना व्यवस्थापन र सार्वजनिक नीति इकाई अन्तर्गत विज्ञानमा आधारित परियोजनाहरूको विकास गरिने छ र सकारात्मक सार्वजनिक नीतिहरूको लागि प्रचार गरिने बानियॉले बताए ।

    त्यस्तै आउटटरीच इकाईले विज्ञान शिक्षा कार्यक्रमहरू संचालन गर्नेछ । जसमा वैज्ञानिक समस्याहरूको बारेमा जागरूकता बढाइने र व्यापक समुदाय संलग्न गरिने उनको भनाई छ ।

    युनेस्को क्लबका सदस्यहरूलाई यस डिभिजनको हिस्सा बन्नको लागि फेब्रुअरी १२ सम्म [email protected] मा आवेदन अनुरोध गरिएको छ।