विद्यालयका शाैचालयकाे अवस्था अनुगमन गर्न माग गर्दै विभिन्न पालिका पुगे गफ्फार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यालयका शाैचालयकाे अवस्था अनुगमन गर्न माग गर्दै विभिन्न पालिका पुगे गफ्फार

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८०, मंगलवार

    दमौली । व्यास नगरपालिका-४ निवासी युवा अभियान्ता सुदिप गफ्फार विद्यालयका शाैचालयकाे अवस्था अनुगमन गर्न माग गर्दै विभिन्न पालिका पुगेका छन् । यसअघि व्यास नगरपालिका शिक्षा शाखामा ज्ञापनपत्र बुझाएका उनले मङ्गलबार एकैदिन चार वटा पालिकामा पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

    विद्यालय र क्याम्पसका शौचालय अनुगमन तथा व्यवस्थापन गर्न माग गर्दै उनले मङ्गलबार बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।

    लियो क्लव अफ तनहुँका निवर्तमान अध्यक्ष उनले सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । विद्यालय तथा क्याम्पसका शौचालयको अवस्था नाजुक रहेकाले स्थानीय तहकाे ध्यानाकर्षण गराएको उनले बताए । उनले भने, ‘कतिपय विद्यालयमा शौचालयमा पानी छैन, दुर्गन्ध छ । विद्यार्थीलाई निकै समस्या रहेको छ ।

    उनले जिल्लाका सबै पालिकामा यस विषयमा ध्यानाकर्षण गराउने उल्लेख गरे । उनले भने, ‘कतिपयमा चुकुल पनि छैन, कति पानी छैन । शौचालयमा सरसफाई छैन ।’