नेपालले क्यानडालाई ७ रनले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालले क्यानडालाई ७ रनले हरायो

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०८०, बिहीबार

    काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

    नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रन बनायो।क्यानडाका लागि दुई खेलाडीले अर्धसतक बनाए । क्यानडाका प्रगत सिंहले ५० तथा निकोलस किर्तोनले ६८ रन बनाए। यस्तै हर्ष ठाकेर ३२ तथा आरोन जोनसनले २० बाहेक अन्य ब्याटरले दोहोर रन बनाउन सकेनन्।

    नेपालका कप्तान रोहित कुमार पौडेलले ४ विकेट लिए। यस्तै ललित राजवंशीले २ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ५८ बल खेल्दा ९ चौका र एक छक्का प्रहार गरे।

    आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५, सूर्य तामाङले १० रन बनाए।क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए। साद बिन जफार र ईश्वरजित सोहीले २–२ विकेट लिए भने शाहीद अहमदजाइ र हर्ष ठकेरले १–१ विकेट लिए।