क्यानडासँग अन्तिम खेल खेल्दै नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यानडासँग अन्तिम खेल खेल्दै नेपाल

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८०, सोमबार

    काठमाडौं । नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ ।

    खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रिदै छ ।

    क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडामाथि जित हात पारेको थियो । नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।