ऑबुखैरेनीद्वारा जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक विदाको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीद्वारा जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक विदाको घोषणा

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८०, सोमबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ। सोमबार विज्ञप्ती जारी गरी गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

    उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, विद्यालय बन्द रहनेछ । सोमबार बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेतृत्व गरिरहेको देशका विभिन्न पालिकाले जनयुद्ध दिवसमा बिदाको घोषणा गरेका छन् । ऑबुखैरेनीमा पनि माओवादीको नेतृत्व छ ।

    संघीय सरकारले नै उक्त दिन बिदा दिने निर्णय गरेपनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेको थियो ।