राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेको सम्पर्क कार्यालय डुम्रेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेको सम्पर्क कार्यालय डुम्रेमा

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०८०, बुधबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेको सम्पर्क कार्यालय डुम्रेमा स्थापना गरिएको छ । बुधबार डुम्रेमा पार्टीका उपसभापति एवं संघीय सांसद वाग्लेले घण्टी बजाएर कार्यालयको उदघाटन गरे ।

    सोक्रममा वाग्लेले सुशासन कायम गराउन पार्टीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति रवि लामिछाने र रास्वपाप्रतिको जनआकर्षकले पुराना पार्टीहरु त्रसित रहेको जिकिर गरे ।
    सरकारमा आफ्नो पार्टीको उपस्थिति नरहेको भए पनि विकास र समृद्धिका लागि पार्टी लागि परेको उनको भनाई थियो।

    वाग्लेले तनहुँ-१ का पॉच पालिकामा सम्पर्क कार्यालय राख्ने प्रतिबद्धता जनाएका थिए । यसअघि व्यास नगरपालिकाको दमौलीमा सम्पर्क कार्यालय स्थापना भइसकेको छ ।