मित्रता माविका विद्यार्थीलाई चित्रकला शिक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मित्रता माविका विद्यार्थीलाई चित्रकला शिक्षा

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८०, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा चित्रकला सिकाइ कक्षाको सुरुवात गरेको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा अन्तरगत रहेर विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै कार्यक्रमलाई सार्थक बनाउन चित्रकला सिकाइ कक्षा सुरु गरिएकाे हाे ।

    सैद्धान्तिक पढाई सँगै व्यावहारिक शिक्षालाई पनि समानान्तर रुपमा अघि पढाउने योजना सहित पालिकाको विभिन्न कार्यक्रम मध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखिएकाे गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    चित्रकला सिकाइले विद्यार्थीहरुको कलालाई उजागर गर्ने साथै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्ने र सामुदायिक विद्यालय र पढाईप्रति चासो र रुचि बढ्ने उनकाे भनाछ ।

    गाउँपालिकाको उद्देश्य अनुरुप चित्रकला सिकाइ कक्षाको पहिलो कार्यक्रम मित्रता माध्यमिक विद्यालयमा सम्पन्न भएकाे छ। २० जना विद्यार्थीहरुले पहिलो चरणको सिकाइ कक्षा लिइ सकेकाे प्रशिक्षक पवन नेपालीले जानकारी दिए ।

    विद्यार्थीहरुको सक्रिय सहभागिता र सिकाइले आफू थप उत्साहित भएको बताउँदै उनले अन्य विद्यालयमा पनि याे सुरु गरिने बताए ।