डा. खनाललाई लोक संस्कृति पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. खनाललाई लोक संस्कृति पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८०, सोमबार

    पोखरा । ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिएको छ । सोमबार आयोजित कार्यक्रममा खनाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आयोजित सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कोमलबहादुर शाह, पुस्तकालयका अध्यक्ष टीएन जोशी लगायतले डा. खनाललाई अभिनन्दन गरे ।

    समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन्। लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको छ ।

    पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आएका छन्। उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् ।

    डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसङ्गको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।