दमौली । व्यास नगरपालिका-१ स्थित निर्मल माविमा पूर्व विद्यार्थीले एक लाख पॉचको अक्षयकोष स्थापना गरेका छन् । २०४५ एसएसली समूहले विद्यालयमा उक्त रकमको कोष स्थापना गरेका हुन् ।
विद्यालयको सोमबार आयोजित वार्षिकोत्सवका अवसरमा समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन अक्षयकोष स्थापना गरिएको उनको भनाइ थियो ।
समूहले सामाजिक काममा सहयोग गर्दै आएको छ ।