संसद्‌ महासचिव पाण्डेयको नागरिकता विवाद टुंगियो : सर्वोच्चद्वारा दरपीठको निर्णय सदर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद्‌ महासचिव पाण्डेयको नागरिकता विवाद टुंगियो : सर्वोच्चद्वारा दरपीठको निर्णय सदर

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८०, मंगलवार

    काठमाडौ । संघीय संसद्‌का महासचिव पदमप्रसाद पाण्डेयको नागरिकता तथा राहदानी विवादसम्बन्धी रिट दरपीठको निर्णयलाई सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सदर गरिदिएको छ।

    यससँगै महासचिव पाण्डेयलाई राहत मिलेको छ। पाण्डेयको  नागरिकता र राहदानी विवादबारेको रिटलाई इजालसले पनि दर्ता गर्न अस्वीकार गरेसँगै पाण्डेयमाथि उठेको कानुनी प्रश्नको अन्त्य भएको छ।

    अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए। दरपीठविरुद्ध इजलासमा दिएको निवेदनमाथि सुनुवाइका लागि मंगलबार पेसीमा चढ्दा न्यायाधीश फुयालले पाण्डेयको पक्षमा आदेश दिएका हुन्।