आइसिसी लिग-२ : नामिबियासँग खेल्दै नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइसिसी लिग-२ : नामिबियासँग खेल्दै नेपाल

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८०, बुधबार

    काठमाडौ । आइसिसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ। 

    त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बुधबार बिहान सवा ९ बजे नेपाल र नामिबियाबीचको खेल सुरू हुनेछ। 

    नेपालले जारी सिरिजको तेस्रो खेल खेल्दै छ भने नामिबियासँग सिरिजको दोस्रो खेल खेल्दैछ। 

    यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। 

    दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

    नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।