लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८०, बिहीबार

    काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।

    उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो ।

    लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो ।

    गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो । लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।