नेपाल नेदरल्यान्ड्ससँग पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल नेदरल्यान्ड्ससँग पराजित

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८०, आईतवार

    काठमाडौ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालमाथि नेदरल्यान्ड्सले जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित गरेको छ। नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे।  उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

    यस्तै अर्का ‌ओपनर म्याक्स ओ’डाउद २८ रन जोडेर आउट भए। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए।