क्रिकेट खेलाडीको तलब बढ्यो, मासिक एक लाखसम्म तलब
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्रिकेट खेलाडीको तलब बढ्यो, मासिक एक लाखसम्म तलब

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०८०, सोमबार

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।

    क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको छ ।

    ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी,  आरिफ शेख र अविनाश बोहरा छन् ।

    विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

    क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

    क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।