नामिबियासँग २० रनले हार्यो नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नामिबियासँग २० रनले हार्यो नेपाल

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०८०, मंगलवार

    काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ।

    त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए ।नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।

    नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए ।