दमौली । आगलागीबाट घर जलेका तनहुँको भानु नगरपालिका-१३ निवासी सुकुली मियालाई दमौली मुस्लिम समाजले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । केही दिन अगाडी घर जलेर पीडित उनलाई समाजले मंगलबार खाद्यान्न र त्रिपाल सहयोग गरेको हो ।
दुखमा मलम लगाउन थोरै भएपनि सहयोग गरिएको समाजका सुदिप गफ्फारले जानकारी दिए ।