क्यान्सर पीडितलाई लायन्स शुक्लागण्डकी सिस्टर्सको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    क्यान्सर पीडितलाई लायन्स शुक्लागण्डकी सिस्टर्सको सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८०, शुक्रबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ मालेबगर निवासी क्यान्सर पीडित ५२ वर्षीया रनमाया थापालाई लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले आर्थिक सहयोग गरेको छ ।

    निजको उपचारमा सहयोग पुर्याउन क्लवले शुक्रबार १३ हजार एक सय पॉच सहयोग गरेको हो । क्लवकी अध्यक्ष तुलसीकुमार श्रेष्ठले निजको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेकी छन् ।

    सामाजिक उत्तरदायित्व वहन अन्तर्गत उपचारमा राहत होस् भनेर सहयोग गरिएको उनले बताइन् ।