


पोखरा । पोखरामा आयोजित भजन चुट्का प्रतियोगितामा तनहुँको दाजुभाइ भजन समूह प्रथम भएको छ ।
महानगरपालिका वडा नं. २६ स्थित लोकसंस्कृति संरक्षण समिति र उज्ज्वल आमा समूहद्वारा सक्नेरीमा आयोजित प्रतियोगितामा सहभागी अन्य ७ समूहलाई पछि पार्दै दाजुभाई प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा धारापानी भजन समूह द्वितीय, वेगनास भजन समूह तृतीय भयो भने नमूना आमा समूह र भुलभुले भजन समुूहले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रथम हुनेले २५, द्वितीयले १५, तृतीयले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५, ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्यो ।
कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी र शिवहरि ढुङ्गाना रहेको निर्णायक समितिले विजेताहरुको छिनोफानो गरेको हो ।