सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोय गर्नेछु : सभापति पन्थ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोय गर्नेछु : सभापति पन्थ

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८०, आईतवार

    काठमाडौ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोय गर्ने बताएका छन् । राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएका पन्थले आइतबार प्रेस विज्ञप्ती जारी यो बीचमा प्राप्त अनुभव देश र जनताको हितमा प्रयोग गर्ने बताएका हुन् ।

    उनले भने, ‘संसदीय अभ्यासका दौरानमा विधि र कानून निर्माणमा धेरै सिक्ने अवसर भयो । ऐतिहासिक गौरवको अनुभुति भएको छ । सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोय गर्नेछु । आगामी दिनमा संसद, सरकार र नागरिक सरोकारवालाहरुलाई निरन्तर जोड्ने प्रयाश गर्नेछु । नीति, विधि, थिति निर्माणमा नागरिक सहभागिता प्रवद्र्धनमा मेरो भूमिका रहि रहनेछ । सामाजिक न्यायको पक्षमा, सुशासन प्रवद्र्धन र भ्रष्ट्राचार विरुद्धको अभियानमा आमनागरिकको साथमा खडा भइरहनेछु ।’

    धन्यवाद ज्ञापन

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो संघीय संसद, राष्ट्रिय सभाको सदस्य भई २०७४ साल देखि २०८० फागुन २० गतेसम्म ६ वर्षे कार्यअवधिमा संवैधानिक जिम्मेवारी वहन गर्ने भुमिका प्राप्त भयो । संसदमा मेरो कार्यावधि पुरा हुँदै गर्दा लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि पटकपटक भएका आन्दोलन र संघर्षका वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दछु । अग्रज नेताहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

    संसदीय अभ्यासका दौरानमा विधि र कानून निर्माणमा धेरै सिक्ने अवसर भयो । ऐतिहासिक गौरवको अनुभुति भएको छ । सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोय गर्नेछु । आगामी दिनमा संसद, सरकार र नागरिक सरोकारवालाहरुलाई निरन्तर जोड्ने प्रयाश गर्नेछु । नीति, विधि, थिति निर्माणमा नागरिक सहभागिता प्रवद्र्धनमा मेरो भूमिका रहि रहनेछ । सामाजिक न्यायको पक्षमा, सुशासन प्रवद्र्धन र भ्रष्ट्राचार विरुद्धको अभियानमा आमनागरिकको साथमा खडा भइरहनेछु ।

    संविधान र व्यवस्था अग्रगामी हुँदाहुँदै पनि नागरिकको इच्छा, चाहना, अपेक्षा एवं भरोषा अनुकूल मुलुक र जनताको हितमा काम हुन सकिरहेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्दै संविधान निर्माण र जारी गर्ने राजनीतिक शक्ति र नेतृत्वले विश्वास र भरोसाका साथ सबैलाई जोडेर अघि बढ्नुको विकल्प छैन ।

    नेपालको संविधान जारी भएपछिको संविधान कार्यान्वयनको प्रारम्भिक चरणदेखि नीति, विधि, थिति निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेसका सभापति सहित सबै नेताहरुमा हार्दिक आभार प्रकट गर्दछु । निर्वाचित गर्ने गण्डकी प्रदेशका मतदाता प्रदेशसभाका माननीय सदस्यहरु सहित स्थानीय तहका सबै प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षज्यूहरु प्रति कृतज्ञता प्रकट गर्दछु ।

    संसदीय अभ्यासमा निरन्तर मार्गदर्शन प्रदान गर्नु हुने राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपाध्यक्ष, संसदीय दलका नेता एवं पदाधिकारीज्यूहरु, माननीय सदस्यहरु, सचिवालयका पदाधिकारीहरु, नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरु, सबै तह र निकायका पदाधिकारीज्यूहरु, राष्ट्रसेवक, कर्मचारी, विषय विज्ञ, सरोकारवाला, नागरिक अभियन्ता, पत्रकार, शुभेच्छुक सबै दिदीबहिनी, दाजुभाइ लगायत सबैको साथ र सहयोगका लागि आभार सहित धन्यवाद ज्ञापन गर्दछु ।

    जय नेपाल ।

    …………….
    (प्रकाश पन्थ)
    सभापति
    दिगो विकास तथा सुशासन समिति
    राष्ट्रिय सभा, संघीय संसद, नेपाल
    मिति – २०८० साल फागुन २० गते ।