नयॉ गठबन्धन बन्ने निश्चित, मिलेर जान एमाले-माओवादी सहमत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नयॉ गठबन्धन बन्ने निश्चित, मिलेर जान एमाले-माओवादी सहमत

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८०, सोमबार

    काठमाडौँ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो । 

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यी सवालमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको जानकारी दिए । ‘संसद्मा सङ्क्रमणकालीन न्यायसम्बन्धी जुन विधेयक थियो त्यसमा सहमति गर्ने भन्ने भएको छ । कानुनमन्त्रीज्यूले त्यसलाई रोकिदिनु भएपछि त्यसलाई अघि त बढाउनुपर्‍यो नि’, उनले भने, अघि बढाउने क्रममा भएको यो नयाँ छलफल हो । सङ्क्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको विषयमा मिलेर जाने भन्ने छ ।’  (रातोपाटी)