मन्त्रिपरिषद् पुनर्गठन गरेर धेरै प्रश्नको जवाफ दिईसकेँः प्रधानमन्त्री प्रचण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् पुनर्गठन गरेर धेरै प्रश्नको जवाफ दिईसकेँः प्रधानमन्त्री प्रचण्ड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेर धेरै प्रश्नको एकमुष्ट उत्तर दिएको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो दाबी गरेका हुन् ।

    फागुन ६ गतेदेखि १८ गतेसम्म भएको घटनाहरुको बारेमा संसद्मा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले पदमुक्त भएका मन्त्रीहरुको बहिर्गमनसँगै अधिकांश प्रश्नको सम्बोधन भएको बताएका हुन् ।

    “सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भने, “ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।”सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्‍मा विशेष सम्बोधन गर्नेसमेत प्रस्ट पारे ।