धादिङ बस दुर्घटना : बेपत्ता महिलाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङ बस दुर्घटना : बेपत्ता महिलाको शव फेला

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका एक महिलाको शव फेला परेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटको गोताखोर टोलीले खोजतलास गर्दा बिहीबार दिउँसो शव फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि आज बिहान पनि बेपत्ता भएका एक पुरुषको शव फेला परेको थियो । 

    बुधबार कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेसीबाट त्रिशूली नदीमा खसेको थियो ।