आगलागीमा परेर ऋषिङमा पाँच वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    आगलागीमा परेर ऋषिङमा पाँच वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८०, शुक्रबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशिर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएको अवस्थामा गाइ, गोरु बाँध्ने गोठमा निजको नाति थापाले सुकेको पराल, काठ दाउरा समेत रहेको स्थानमा लाइटर खेलाउने क्रममा अचानक आगलागी भई आगोले जलेर बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    आगलागीमा बालकको शरीरका पछाडिका सबै भाग जलेको थियो । आगलागीबाट गोठमा रहेका दाउरा, काठ, पात र पराल समेत जलेर नष्ट भएको छ ।